दुई दर्जन निर्माण व्यवसायीको लाइसेन्स

काठमाडौं । दुई दर्जन निर्माण व्यवसायीको इजाजत पत्र (लाइसेन्स) एकैपटक खारेज भएको छ ।

निर्माण व्यवसाय ऐन २०५५ को प्रावधान अनसार चैत २०८० सम्म नवीकरण नगरेका २३ निर्माण कम्पनीको इजाजत स्वतः खारेज गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन शाखाका अनुसार यसरी लाइसेन्स स्वतः रद्द हुने निर्माण कम्पनीमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर कम्पनी, भूमि इन्फ्रास्ट्रक्चर प्रालि र मदन कन्स्ट्रक्सन छन् ।

यसैगरी असन बालकुमारी कन्स्ट्रक्सन, ढोरफिर्दी निर्माण सेवा, द राइजिङ कन्स्ट्रक्सन, सिरोहिया कन्स्ट्रक्सन र त्रिशूल निर्माण सेवाको लाइसेन्स समेत रद्द भएको छ ।