
काठमाडौं । देशभर साधारणतया देखि पूर्णतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
रातीदेशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुुई स्थानमा भारी देखि धेरै भारी बर्षाको सम्भावमा रहेको छ ।
देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती , गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
