हेटौँडा(काठमाडौँ( दक्षिणकाली सडक खुल्यो

बागमती । भारी वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ ।

वर्षासँगै खसेको पहिरो हटाएपछि पछि सडकमा यातायात पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। पहिरो खस्दा गएरातीदेखि सो सडक अवरुद्ध भएको थियो ।