बाढी पहिरोबाट भएको क्षतिप्रति प्रधानमन्त्रीबाट दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिङ सडक खण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको हो ।उनले सबै क्षेत्रमा तत्काल खोजी र उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएको छ ।