
हेटौंडा । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक खण्डमा आगामी साउन २० गतेसम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ ।
सडक मर्मत जारी रहेकाले साउन २० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यातायात अवरुद्ध हुने सडक डिभिजन कार्यालय काठमाडौंका डिभिजन प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिएका छन् ।
वर्षातको समयमा सडक मर्मतको काम भइरहेकाले सार्वजनिक यातायात सञ्चा गर्दा जोखिम बढ्ने भन्दै साउन २० सम्म आवागमन बन्द गरिएको भण्डारीले बताए ।
सडक डिभिजन काठमाडौंले चित्लाङ–चन्द्रागिरि–थानकोट खण्डको सेतो पहरो क्षेत्रमा उच्च ग्रेड कम गर्न र सडकको चौडाइ कम भएको ठाउँमा ‘ब्याक कटिङ’ तथा ‘ग्रेड डाउन’ गर्ने काम गरिरहेको छ ।
