Author: सगरमाथा प्रेस

आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य रारा

आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य रारा

ताजा अपडेट, पर्यटन, भिडियो, समाचार, स्थानीय
मुगु। मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ । आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको रारा ताल समुन्द्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको छ । रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र दुई सय ७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । रारा ताल जानका लागि वर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि धेरैजसो आन्तरिक पर्यटक जाने गर्छन् । रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्तस्थल रहेको छायाँनाथरारा नगरपालिका-७ का बासिन्दा राजु मल्लले जानकारी दि...

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपाधि ललितपुर सिटी एफसीले जित्यो

खेलकुद, ताजा अपडेट, ब्यानर-२, स्थानीय
काठमाडौँ, पुस १४ गते । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) उपाधि ललितपुर सिटी एफसीले जितेको छ । दशरथ रङ्गशालामा शनिबार साँझ भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुर च्याम्पियन बनेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपियाँ पुरस्कार पाएको छ । ललितपुरलाई जित दिलाउन इमो एजिकेलले दुई गोल गर्नुभयो । अर्को गोल दिनेश हेम्जनले गर्नुभएको थियो । धनगढीका लागि ओलावाले अफिज र अहमेद हिजाजीले एक एक गोल गर्नुभयो । धनगढी पहिलो संस्करणमा पनि उपविजेता बनेको थियो । पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौँ रेजर्ससँग पराजित भएको थियो । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता भने धनगढीले लिएको थियो । ओलावाले अफिजले खेलको ३९औँ मिनेटमा गोल गर्दै टोलीको उत्साह जगाउनुभएको थियो । पहिलो हाफको इन्जुरी समयमा ललितपुरका इमो एजिकेलले बराबरी गोल फर्काउनुभयो । ५१औँ मिनेटमा दिनेशले गोल गर्दै टो...

बालकुमारी घटना : मृतकका परिवारलाई १० लाख राहत दिने सरकारको निर्णय

ताजा अपडेट, ब्यानर-१, समाचार, स्थानीय
काठमाडौं, पुस १४ गते। सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई जनही १०/१० लाखका दरले राहत उपलब्ध गराउने भएको छ। शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो घटनाका मृतक दैलेखका सुजन रावत र अछामका वीरेन्द्र साहको परिवारलाई १०/१० लाखका दरले राहत उपलब्ध गराउने निर्णय हो। सो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो। बैठकले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ। त्यसैगरी मन्त्रिपरिषद् बैठकले सो घटनामा परी घाइते भएकाको सम्पूर्ण उपचार खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको पनि सञ्चारमन्त्री शर्माले बताउनुभयो। सो घट...