
काठमाडौं । बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थी तथा उनीहरूका अभिभावक एवं आफन्तहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छ्न ।
परराष्ट्ट्र मन्त्रालयले आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि अनलाईन निवेदन दिन सकिने व्यवस्था मिलाएको शनिबार जानकारी गराएको छ । निवेदन नेपालबाट सम्बन्धित परिवारका सदस्यहरूले समेत दिन सक्नेछन् ।
