रेसुङ्गामा झण्डै २ महिनापछि हवाई सेवा सुरु

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट झण्डै २ महिनापछि नियमित उडान पुनः सुरु भएको छ । खराब मौसमका कारण असार दोस्रो सातादेखि उडान बन्द भएको थियो ।

मौसममा तुलनात्मक सुधार आएसँगै आजदेखि नेपाल एयरलाइन्सको विमानले उडान गरेको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । आजको बिहानको उडानमा काठमाडौंबाट हवाईजहाज चढेर १२ जना यात्रु रेसुङ्गा विमानस्थल ओर्लिएका थिए ।

अब मौसमको अवस्था हेरेर हप्ताको एक दिन शुक्रबार उडान गर्ने रेसुङ्गा विमानस्थलका प्रमुख थापाले बताए । हप्ताको ३ पटक उडानको अनुमति पाएको विमानस्थलमा गत असार १४ गतेपछि मौसम खराबको कारण उडान हुन सकेको छैन ।