सुनको मूल्य घट्यो

काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ९०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भएको छ ।बिहीबार चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।