
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले रिङरोडको सडक पानी पर्नासाथ भैसीले आहाल खेल्ने पोखरी जस्तो भएको बताएका छन् ।प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा खनालले पानी परेपछि सडकको अवस्था बारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘रिङरोड मूलत गोंगबु सामाखुसी क्षेत्रमा पानी पर्ने बित्तिकै भैंसीले आहाल खेल्ने पोखरी जस्तो हुन्छ,’ खनालले भने,‘यहाँबाट पाँच किलोमीटर टाढाको दुरावस्था देख्दा पनी सरकार किन आँखा बन्द गरेर बसेको हो ।’
सांसद खनालले काठमाडौंको नेपालटार देखि डाडा गाउँको एक किलोमिटर बाटोमा फोर व्हील बाहेकका गाडी नै नचल्ने अवस्थामा रहेको जानकारी सदनमा गराए । काठमाडौं क्षेत्र नम्बर ६ स्थित साङ्ला बिहानी चोकको सडकमा धान रोप्ने खेतजस्तो भएको बताए ।
