
१३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउन्डेड भएकोमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले जहाज ग्राउन्डेड हुँदा दैनिक पाँच करोड बढी नोक्सानी भएकोमा पनि उनले विषय उठान गरे ।
साथै सी चेकका लागि भारत हुँदै इटाली पठाइएको जहाज ९० दिनसम्म किन बनेन भनेर उने प्रश्न गरे । ‘दैनिक रुपमा पाँच करोड बढी नोक्सानी बेहोरेको छ । कतै सञ्चालितहरूलाई पोस्न सेटिङ त गरिएको छैन‚’ उनले भने ।
