
२, असोज काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे अर्थ समितिको बस्दै छ ।
बैठकमा समितिको आन्तरिक छलफल हुनेछ ।यस्तै, बिहान ११ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ ।
बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाई आयोजनाको हालसम्मको कार्य प्रगति अवस्था ९वित्तीय र भौतिक०, प्रमुख सवाल, समस्या, भावी कार्ययोजनाबारे छलफल हुनेछ ।
