
२ कात्तिक,काठमाडौं ।१२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा होटल सञ्चालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बाँकेको कोहलपुर नगरपालिका–११ सुर्खेत रोडस्थित होटल यात्रीका सञ्चालक ४० वर्षीय बीरबहादुर बुढाथोकी,बाँकेको बैजनाथ गाउँपालिका–१ करेलीका १९ वर्षीय निशान रोकाया, सोही ठाउँका २४ वर्षीय डम्मरबहादुर रोकाया रहेका छन् ।
त्यस्तै सोही गाउँपालिका–१ गाबरका १९ वर्षीय निर्मल थापा,सोही ठाउँका १९ वर्षकै विजय कार्की र सोही ठाउँका १९ वर्षकै जीवन रोकाया रहेका पनि रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सोज २७ र २८ गते होटल यात्रीको कोठा नम्बर १०५ र २०४ मा १२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको थियो।
बाँकेकै राप्तीसोनारी गाउँपालिकाकी बालिकामाथि बलात्कार भएको भन्दै पीडितको तर्फबाट बुधबार मात्रै इलाका प्रहरी कार्यालय कोहलपुरमा सूचना आएको थियो।त्यसपछि प्रहरीले उनीहरुलाई बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पक्राउ गरेको बताएको छ।
