सुनको मूल्य फेरी घट्यो, आज कतिमा कारोबार ?

११, मंसिर काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।हिजो प्रतितोला चाँदी १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।