आजको मौसम : तराईमा हुस्सु, काठमाडौँ उपत्यकाका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा

२९, मंसिर काठमाडौं । आज तराईं र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पनि सामान्य छ ।सामान्यतया आज देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ । राति देशभर मौसम सफा रहने महाशाखाले जजनाएको छ । आइतबार पनि मौसम सफा नै रहनेछ ।

पुस १ गते सोमबार भने केही ठाउँमा बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूर पश्चिमका उच्च पहाडी तथा हिमाली भू(भागका एक(दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।