
१६, पुस काठमाडों । प्रतिनिधि सभा सचिवमा हर्कराज राई नियुक्त भएका छन् ।
आज राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई सचिव नियुक्त गरेका हुन् । राईलाई सचिव नियुक्त गर्न सभामुख देवराज घिमिरेले राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल,राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन्।
