आईजीपी थापालाई दर्ज्यानी चिह्न प्रदान

५, चैत काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो । थापा प्रहरीको ३१ औं आईजीपी बन्न सफल भएका छन् ।

यसअघि नेपाल प्रहरीको ३०औं आईजीपी वसन्त कुँवर थिए । उनी सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गएसँगै थापा ३१ औं आईजीपी बनेका हुन्  । उनीसँगै आईजीपी हुने प्रतिस्पर्धामा सुदीप गिरी र टेकबहादुर तामाङ थिए।