सशस्त्रले पनि चलायो काठमाडौँमा निस्शुल्क बस

१९, जेठ काठमाडौं । सार्वजनिक यातायात बन्द भएपछि सशस्त्र प्रहरी बलले पनि काठमाडौँमा नि:स्शुल्क बस चलाएको छ।

उपत्यकामा सार्वजनिक सवारी साधन बन्दका कारण अप्ठ्यारोमा परेका यात्रुहरूको सहजताको लागि २ वटा बस सञ्चालन गरेको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बस स्वयम्भू, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म संचानल हुनेछ भने अर्को बस स्वयम्भू, कलंकी, सातदोबाटो , कोटेश्वर , महाराजगन्ज हुँदै चक्रपथ परिक्रमा गर्ने छ ।

ती बसमा सर्वसाधारणहरूले निस्शुल्क यात्रा गर्न पाउनेछन् । यातायात व्यवसायीहरूले विभिन्न माग राखेर यातायात बन्द गरेपछि नेपाल प्रहरीले पनि सोमबार काठमाडौँमा दुई वटा निस्शुल्क बस चलाएको छ।