फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी,एक जना पक्राउ,१३ लाख २५ हजार रुपैयाँ असुली गरेको खुलासा

१३ साउन,काठमाडौं–फोहोरमैलाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका–६ बस्ने दोलखा शैलुङ गाउँपालिका–२ घर भएका २८ वर्षीय युवकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ।

ती युवकलेले काठमाडौं महानगरपालिका–३१ क्षेत्रमा आफू काठमाडौं महानगरपालिकाको फोहोरमैलाको कर्मचारी हुँ भनी रकम उठाउने गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ।

उनले हाल सम्म १३ लाख २५ हजार रुपैयाँ असुली गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको
प्रहरीको भनाई छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।