लबिम मलमा कार्डबाहकलाई १ रुपैयाँमा पार्किङ सुविधा

१७ भदौं,काठमाडौं ।स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले ललितपुरको पुल्चोकस्थित लबिम मलसँग सहकार्य गरी कार्डबाहकका लागि विशेष पार्किङ सुविधा सुरु गरेको छ।

यस अन्तर्गत कार्ड प्रयोगकर्ताले लबिम मलको अन्डरग्राउन्ड पार्किङमा प्रति घण्टा मात्र रु १ मा पार्किङ गर्न सक्नेछन्।

कम्पनीका अनुसार यो सुविधा अधिकतम ५ घण्टासम्म उपलब्ध हुनेछ। ग्राहकले आफ्नो कार्ड प्रयोग गरी पार्किङमा राखिएको पीओएस मेसिनमार्फत पार्किङ शुल्क भुक्तानी गर्नुपर्नेछ।

सेप्टेम्बर १ (भदौ १६) देखि सुरु भइसकेको सो सेवा सेप्टेम्बर महिना भर लागु रहने बताइएको छ