
१८ भदौं,काठमाडौं । नेपाल टेलिकमको कुलर रिङ ब्याक टोन (सीआरबीटी) सेवा अनिश्चितकालका लागि स्थगित भएको छ ।
टेलिकमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जनाएको हो। सेवामा समस्या उत्पन्न भएपछि सो निर्णय गरेको टेलिकमले यथाशीघ्र समस्या समाधानमा आवश्यक प्रयास भइरहेको जानकारी दिएको छ।
साथै ग्राहक वर्गलाई पर्न गएको असुविधाप्रति कम्पनीले क्षमायाचना समेत गरेको छ ।
