
१७ भदौ,काठमाडौं । दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर १३ मिनेट जाँदा दोलखाको लापिलाङ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।
आज बिहान पनि गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ।
