बालेनले भने – देश तपाईंहरूकै हातमा हो,अब घर फर्किनुस्

२४ भदौ, काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई खर फर्कन अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको भन्दै अब हुने क्षति सबैको हुने बताएका छन्।

यसअघि डा। सन्दुक रुइतलगायत विशिष्ट पेशाकर्मी तथा नागरिक अगुवाहरुले पनि आन्दोलनसामु सरकारले घुँडा टेकिसकेकाले आन्दोलन रोक्न अपिल गरेका थिए।