सेनाले सम्हाल्यो देशको सुरक्षा कमाण्ड

२५ भदौ,काठमाडौँ नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न हिजो मैगलबार राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ।

सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाएर केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने,लुटपाट एवं आगजनी गर्ने कार्य गरिरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो ।

सेनाले यस किसिमका गतिविधिहरू नरोकिएको खण्डमा नेपाली सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू आफ्नो प्रमुख जिम्मेवारी रहने जनाएको छ ।

साथै सम्पूर्ण राष्ट्रवासीलाई सहयोगको लागि अपिल गर्दै तत्पश्चात,सुरक्षा स्थितिको पुनःमूल्याङ्कन गरी थप सूचना जारी गरिने पनि विज्ञप्तिमा उल्लेख गरेको छ।