आज पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू

२७ भदौ, काठमाडौं । नेपाली सेनाले काठमाडौं, भक्तपुर र ललितपुरमा आज शुक्रबार पनि दिनभर निषेधाज्ञा र राति कर्फ्यू लाग्ने जानकारी गराएको छ ।

सेनाको मुख्यालय जंग्गीअड्डाले जारी गरेको विज्ञप्ति अनुसार, आज २७ गते बिहान ११ बजेबाट बेलुकी ५ बजेसम्म निषेधाज्ञा लाग्नेछ । भने,साँझ ७ बजेबाट रातभर कर्फ्यू आदेश जारी गरिएको छ । बिहान ६ देखि ११ बजे र साँझ ५ देखि ७ बजेसम्मको समयमा भने अत्यावश्यक कार्यका लागि आवतजावत गर्न सकिने नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

जेनजी युवाहरूले गत सोमबार र मंगलबार गरेको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्देज विरुद्धमा गरेको शान्तीपूर्णंं आन्दोलनमा घुसपैठ भई प्रदर्शन उग्र बनेपछि यतिबेला देशभर कर्फ्यू र निषेधाज्ञा लागेको हो ।

हाल नेपाली सेनाले सुरक्षाको नेतृत्व गरिरहेको छ ।

सेनाले नयाँ सरकारको नेतृत्वका लागि पहल गरिरहेको छ । जेनजी युवाहरू नेतृत्वको विषय टुंगो लगाउन पहल गरिरहेका छन् ।