
२६ भदौ,काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका मित्र मानिने चार्ली कर्कको हत्या भएको छ।युटामा आयोजित कार्यक्रममा कन्जभर्टिभ अभियन्ता कर्कको गोली लागेर मृत्यु भएको हो।
कर्क अमेरिकाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा बहस कार्यक्रमका लागि परिचित थिए।कर्कले अमेरिकामा हुने सामूहिक हत्याबारे बोलिरहेका वेला नै घरको छतबाट प्रहार भएको गोली लागेको थियो।
कर्कको हत्याको घटनालाई राष्ट्रपति ट्रम्पले गम्भीररूपमा लिएका छन्।
राजनीतिक हिंसाको संज्ञा दिँदै ट्रम्पले संलग्नलाई जसरी पनि खोज्ने पनि बताएका छन्।
