
७ असोज, काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव थप कमजोर रहेको छ । तर, स्थानीय वायुको भने आंशिक प्रभाव रहेको छ ।आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया मौसम बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भू–भागका तथा तराईका भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।तर कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागको एक(दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाले आज राति देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जनाएको छ ।बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागको केही स्थान र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
