सञ्चारमाध्यममा भएको आक्रमणलाई गम्भीरताका साथ लिइएको छ : मन्त्री जगदिश खरेल

८ भदौं । काठमाडौं ।सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले सञ्चारमाध्यममा भएको तोडफोड र आगजनीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

मंगलबार क्षति पु¥याइएका अन्नपूर्ण पोस्ट,कान्तिपुर लगायतका सञ्चारमाध्यमका कार्यालयको निरीक्षण गर्दै उनले प्रेस स्वतन्त्रता विपरीत भएको आक्रमणलाई सरकारले गम्भीरताका साथ लिएको बताए।

उनले सञ्चारमाध्यममा जेनजीले आक्रमण नगरेको बताए।  उनले स्वार्थ बोकेका व्यक्तिहरूले सञ्चारमाध्यममा तोडफोड र आगजनी गरेको जिकिर गरे।

 

निरीक्षणका क्रममा उनले भने, ‘ जेनजीहरूको माग स्वार्थरहित छ।  स्वार्थ बोकेका व्यक्तिहरूले सञ्चार माध्यममा तोडफोड र आगजनी गरेका छन्। प्रदर्शनका क्रममा पत्रकार साथीहरू घाइते पनि हुनुभएको छ। यसप्रति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ। ’

साथै उनले संकटका बेला पनि आक्रमणमा परेका सञ्चारमाध्यमले व्यवसायीक धर्मको पालना गरेकोमा स्रहाना गरे