
८ असोज, काठमाडौं ।गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई २० थान मोटरसाइकल हस्तान्तरण गरेको छ।
वर्तमान परिस्थितिमा स्रोत साधनको अभावले ट्राफिक व्यवस्थापन तथा सुरक्षित आवागमनमा परिरहेको असरलाई मध्यनजर गर्दै गोल्छा ग्रुपले मंगलबारकाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच २० थान (पल्सर १५० सिसी) मोटरसाइकल प्रदान गरेको ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
उनले भने, “गोल्छा ग्रुपले मोटरसाइकलहरू काठमाडौै उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीमार्फत हामीलाई हस्तान्तरण गरिएको छ।”
सो कार्यक्रममा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र ग्रुपका पदाधिकारीहरू,काठमाडौै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।
