
८ असोज,काठमाडौं।स्थानीय वायुको प्रभावले बागमती,गण्डकी,कोशी र कर्णाली प्रदेश धेरै भूभागहरुमा पानी परिरहेको छ।पानी आजै रातिदेखि कम हुँदै जाने पूर्वानुमान भएपनि भोलि–पर्सिसम्म पनि पानी पर्ने सम्भावना भने कायमै रहेको मौसविदहरुले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु थप सक्रिए भएको र यसको प्रभावले आज दिनभर जसो पानी परिरहेको हो।
अहिले पनि गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा मध्यमसम्मवर्षा भइरहेको छ।लुम्बिनी,कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्का पानी परिरहेको छ।राति धेरै स्थानमा पानी पर्न रोकिने पूर्वानुमान गरिएको छ।
यस्तै भोलि विहीबार दिन पनि एक–दुई स्थानमा मात्र भारी वर्षा खण्डित रुपमा हुनसक्ने सम्भावना छ।भोलि विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम खालको वर्षा हुन सक्ने छ।
