
८ असोज, काठमाडौं । अन्तरिम सरकार प्रमुख, प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् । उनले भोलि (बिहीबार) साँझ ६ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको स्रोतले बताएको छ ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सम्बोधनको समन्वय गर्ने छ । जेनजीहरूको भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दका्े विरोधमा गत २३ र २४ भदौमा गरेको आन्दोलनपछि कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने तयारी थालेको छ । तर जेनजीको मताधिकार सुनिश्चित गर्न नयाँ मतदाता नामावली संकलन गनु पर्ने भए पनि सरकारले यसबारे ठोस निर्णय सार्वजनिक गरेको छैन। यसले निर्वाचन तोकेपछि मतदाता नामावली संकलन गर्न नमिल्ले पुरानो नियमलाई अगाडि सारेरै टार्ने आशंका उब्जीएको छ ।
