दलहरू सुध्रिने संकेत नदेखिएको भन्दै युवाले टिकटकमा थाले ‘एक्स्पोज झोले’ ट्रेन्ड

८ असोज, काठमाडौं । सामाजिक सञ्जाल टिकटकमा ‘एक्स्पोज झोले’ ट्रेन्ड सुरु भएको छ ।

टिकटक प्रयोगकर्ताले राजनीतिक दलमा आबद्ध र पुराना दलका नेतानिकट व्यक्तिहरूको फोटो राख्दै यो ट्रेन्ड सुरु गरेका हुन् ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनअघि टिकटक प्रयोगकर्ताले ‘नेपोबेबी ट्रेन्ड’ चलाएका थिए । 
यसैको पृष्ठभूमिमा जेनजी आन्दोलन एको थियो ।

आन्दोलनले तत्कालीन एमाले कांग्रेस गठबन्धन सरकार ढालिदियो ।

अझै पनि नेताहरूले नचेतेको र पुरानै प्रवृत्ति दोहोर्‍याएको भन्दै युवाले असन्तुष्टि व्यक्त गरेका छन् । यही कारण अब पार्टीनिकट व्यक्तिहरू ९उनीहरूको भाषामा झोले० एक्पोज गरिनुपर्ने भन्दै नयाँ ट्रेन्ड सुरु भएको हो ।