तोलामा २ हजार ६ सयले बढ्यो सुन,अहिलेसम्मकै उच्च

२२ असोज,काठमाडौं ।बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको छ ।अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो ।

दशैंअघि असोज १२ गते २ लाख २३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।विश्वभर सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ ।

तर चाँदीको मूल्यमा  प्रतितोला ५ रुपैयाँ घटेको छ ।अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँ रहेको चाँदी आज २९५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।