बसोबास रहेकै जिल्लाबाट मतदाता नामावलीमा नाम लेखाउन सकिन्छ :निर्वाचन आयोग

२३ असोज, काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्न सम्बन्धित जिल्ला जानु नपर्ने भएको छ ।

निर्वाचन आयोगले एक सूचना जारी गर्दै अनलाइन फारम भरिसकेपछि आयोगको जुनसुकै कार्यालयमा गएर मतादाता नामावलीमा नाम लेखाउने सक्ने जनाएको हो ।

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले उमेर पुगेर पनि मतादाता नामावलीमा छुटेकाहरूलाई सूचिकृत हुन आह्वान गरिसकेको छ ।

अनलाइन फारम भरेपछि जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने आयोगद्धारा जारी सूचनामा उल्लेख छ ।

काठमाडौं उपत्यकामा रहेकाहरूले पनि काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला निर्वाचन कार्यालयमा गई फोटो र बायोमेट्रिक दिन सक्नेछन् ।

काठमाडौंको मिनभवनमा रहेको जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित जिल्ला निर्वाचन कार्यालय ललितपुर, र सल्लाघारी सिर्जनानगरस्थित जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा गई फोटो खिचाउन र बायोमेट्रिक दिन सक्ने आयोगले जनाएको छ।

निर्वाचन कार्यालय जानुअघि सम्बन्धितले आयोगको अनलाइन पोर्टलमा गएर मतदाता नामावलीको फारम अनिवार्य भरेको हुनुपर्छ । फोटो खिचाउने र बायोमेट्रिकको काम सकिएपछि आयोगले एक लिष्ट उपलब्ध गराउँछ ।परिचयपत्र भने दिने गरेको छैन।

सोहि लिष्ट र भरेको सम्बन्धीत मतदान स्थलको मतदाता लिष्टमा नाम भएपछि  भोट हाल्न सक्ने व्यवस्था गरिएको छ ।