
२८ असोज,काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्वास्थ्य अवस्थाको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको घोषणा गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा मंगलबार बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले स्वास्थ्यका कारण देखाएर उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पेको घोषणा गरे ।
उनले विषम परिस्थितिमा पार्टीभित्र सम्पूर्ण मतभेद बिर्सेर एकताबद्ध हुन सबै नेता तथा कार्यकर्तालाई आह्वान समेत गरे ।
बैठकमा सम्बोधन गर्दै देउवाले सरकारले बहुदलीय लोकतान्त्रिक व्यवस्थामा वाहक मानिने राजनीतिक दलहरूसँग सार्थक संवादको वातावरण नबनाएको पनि बताए ।
देउवा नेतृत्वको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको म्याद आगामी मंसिर मसान्तमा सकिँदैछ । पार्टीमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरिरहेका छन् ।
