काठमाडौंको जमलमा दुर्घटना,तीन वटा सवारी आपसमा ठोक्किए

१३ माघ,काठमाडौं ।काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीन वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।

आज मंगलबार दिउँसो मोटरसाइकल,स्कुटर र एउटा माइक्रो एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

उनका अनुसार,दुर्घटनामा परेर एक जना घाइते भएका छन्।घाइतेको अवस्था सामान्य  छ ।