सुर्खेतमा अवतरण गर्दा श्री एयरलाइन्स जहाजको टायर पड्कियो

२१ फागुन, काठमाडौं ।सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजको टायर पड्किएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बुधबार दिउँसो १ बजेर ५२ मिनेट जाँदा काठमाडौंबाट गएको ९एन–एओएल दर्ता नम्बर भएको जहाजको टायर पड्किएको हो ।

जहाजमा ५० यात्रु सवार थिए ।जहाज अवतरण गरिसकेपछि पार्किङ क्षेत्रमा जाँदै गर्दा भएको उक्त घटनामा सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको समेत उनले जानकारी दिए ।

सो जहाज ग्राउन्डेड गरेर राखिएको बताइएको छ । यो सँगै सुर्खेत–काठमाडौं उडान रद्द भएको जनाइएको छ ।