प्रधानमन्त्री कार्कीले टोखाबाट मतदान गर्ने,बालेन्द्र शाह,रवि र कुलमानले कहाँबाट ?

२१ फागुन,काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले धापासीस्थित टोखा नगरपालिकाबाट मतदान गर्दै छिन् ।

त्यस्तै,रास्वपाका सभापति रवि लामिछानेले काठमाडौं-३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्रबाट बिहान ७ बजे नै मतदान गर्नेछन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकाका वरिष्ठ नेता बालेन्द्र शाहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्ने उनको सचिवालयले जनाएको छ ।

यस्तै उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोलि बिहान ७:०० बजे बौद्ध, महाँकालस्थित जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

निर्वाचनको तयारी पूरा भएसँगै विभिन्न दलका शीर्ष नेताहरूले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

बिहान ७ बजेदेखि मतदान सुरु भई साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन राजनीतिक दल, उम्मेदवार तथा मतदातालाई आयोगले आह्वान गरेको छ ।

गृहमन्त्रालयमा हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आज फागुन २१ मा हुने निर्वाचनमा हवाई गस्ती गर्ने निर्णय गरेको जनाएको छ ।