आजदेखि बैंकहरुमा नयाँ ब्याजदर लागू,कुन बैंकमा कति ब्याजदर ?

१ चैत,काठमाडौं ।आज चेत्र १ गतेदेखि लागू हुने गरी प्रकाशन गरिएको ब्याजदरमा फागुन महिनाको तुलनामा अधिकतम औसत ब्याजदर घटेको छ ।

चैत महिनाका लागि बैंकहरुको ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत र संस्थागततर्फ ३.२९ प्रतिशत विन्दुमा झरेको छ।जबकि यस्तो ब्याजदर फागुन महिनामा व्यक्तिगतमा ४.५६ र संस्थागतमा ३.३३ प्रतिशत विन्दुमा थियो ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकी १४ वाणिज्य बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक,कुमारी बैंक,प्राइम कमर्सियल बैंक,कृषि विकास बैंक,स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आइएमई बैंक छन्।