नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

३ चैत,काठमाडौं । नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकको लागि ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना ल्याएको छ।

योजनामा नेपाल बैंकबाट कर्जा लिई २०७९ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा एक करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले २०८३ आषाढ मसान्त भित्र योजना अनुसार शर्तसहितको ब्याज छुट सुविधा उपभोग गरी कर्जा चुक्ता गर्ने उल्लेख छ ।

बैंकले आफ्ना सम्बन्धित कर्जा ग्राहकलाई ब्याज छुटको सुविधा लिई कर्जा चुक्ता गर्न अनुरोध समेत गरेको छ।साथै २०८० वैैशाख १ गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकले २०८२ चैत्र मसान्त भित्र बक्यौता सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिन समेत बैंकले अनुरोध गरेको छ ।