अर्को चुनावमा संसदमा प्रतिपक्ष नै नरहने गरी काम गर्नुपर्छ : डीपी अर्याल

३ चैत, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले अर्को निर्वाचनमा जनताले रास्वपालाई मात्रै मतदान गर्नेगरी काम गर्नुपर्ने बताएका छन्।

ललितपुरमा जारी सास्वपाका सांसदहरुको अभिमुखीकरण कार्यक्रममा उनले आगामी निर्वाचनसम्म पुग्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी पार्टीलाई मत दिने अवस्था सिर्जना गर्नुपर्ने बताएका हुन्।सो लक्ष्य हासिल गर्न भाषण वा सीमित नेताहरूको प्रयासबाट मात्रै सम्भव नहुने हुनाले सबैले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उनको भनाइ छ ।

‘यो देशलाई नयाँ सन्देश दिनुपर्नेछ, जनतलाई नयाँ सन्देश दिनुपर्नेछ। अर्को निर्वाचनसम्म पुग्दै गर्दा नेपाली जनताले प्रतिपक्ष नै नहुनेगरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्ने सिर्जना अवस्था होस्’, उनले भने, ‘त्यो काम भाषण गरेर र सधै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह दौडाएर सम्भव छैन। सबै जनाले आफ्नो ठाउँबाट काम गरेर त्यो रिजल्ट निकाल्नु पर्नेछ।’