हावाहुरीले खोटाङको हलेसी एफएमको रिपिटर टावर भाँचियो, प्रशारण बन्द

३ चैत, काठमाडौं । फागुन २ गते साँझ सामान्य वर्षासँगै आएको हावाहुरीले खोटाङको हलेसी एफएम १०२.४ मेगाहर्जको रिपिटर टावर भाँचिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको मुढेमा रहेको टावर भाँचिएपछि रेडियोको प्रशारण रोकिएको छ । हावाहुरी सुरु हुने वित्तिकैदेखि प्रशारण बन्द गरिएको हलेसी एफएमका सञ्चालक समिति अध्यक्ष बिष्णुकुमार राईले बताए । तिव्र गतिको हावाहुरीले रेडियोको टावर भाँचिएर भुइँमा थुप्रिएको छ ।

यस्तै एफएमको टावरसँगै रहेको दुई भवनमध्ये एक भवनको जस्ताको छाना पनि हावाहरीले उडाएको छ । हावाहुरीले टावर नजिकै रहेको विद्युतको दुई वटा पोल पनि ढालेको छ ।

हावाहुरीले दर्जनौं घर र विद्यालयको छाना पनि उढाएको छ । क्षतीको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रकाश बुढाथोकीले बताए ।