
९ चैत,काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले भक्तपुरको दुवाकोटमा पनि उपचार सेवा शुरु गरेको छ।
आइतबार एक समारोहबीच अस्पतालका सञ्चालक डा. सुनिल शर्माले अस्पतालको उपचार सेवाको शुभारम्भ गरेका थिए।
हृदयघात, मस्तिष्क घातजस्ता जटिल रोगका विरामीलाई बचाउने मूल ध्येयका साथ उक्त अस्पतालको शाखा विस्तार गरिएको डा.शर्माले बताए।डा. शर्माले भने,‘यो सुपर स्पेसियालिटी हस्पिटल हो। विशेष उपचारलाई सम्भव गराउने गरी आज दुवाकोटमा यो हस्पिटल खोलिएको हो।
प्राविधिक रूपमा काठमाडौं उपत्यकाबाहेक नेपालका धेरै ठाउँमा सम्भव नहुने ब्रेन स्ट्रोक भयो। टाउको गिदीमा हुने नसा ब्लक भए, फुटे। त्यस्ता नसालाई टाउको नचिरीकन तार र बेलुन हात वा गोडाको नसाबाट लिएर गएर त्यसरी यहाँ उपचार गरिन्छ।
अस्पतालमा मुटु, किड्नी,मस्तिष्क सम्बन्धी जटिल रोगको उपचारका लागि अत्याधुनिक मेसिनको समेत व्यवस्था गरिएको बताइएको छ। डा. शर्माले अति विपन्न वर्गका लागि निःशुल्क औषधि उपचारको व्यवस्था गरिएको जिकिर समेत गरेका छन् ।भने, सेवा लिनका लागि अवहान गरेका छन् ।
