
१० चैत, काठमाडौं ।देशका विभिन्न ठाउँमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने भएको छ । नेपाली सेनाबाट निवृत्तिभरण प्राप्त भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाहरुलाई लक्षित गरी भूतपूर्व सैनिक सम्मेलन –२०८२ गर्न लागिएको हो ।
नेपाली सेनाको जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा रोल्पाको सूर्य दलगण लिबाङ ब्यारेकमा यही चैत २२ गते सम्मेलन गर्न लागिएको सूर्य दल गण रोल्पाका प्रमुख सेनानी ईश्वर थापाले जानकारी दिए ।
रोल्पा मा जम्मा ११० जना भूतपूर्व सैनिक र एकल महिला सैनिक संख्या १० जना भएको उनले बताए ।
मध्यपश्चिम पृतना हेडक्वाटर अन्तर्गत २०८२ चैत २२ गते भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने नेपाली सेनाको केन्द्रीय कार्यालयले जानकारी गराएको छ ।
सम्मेलनमा रुपन्देही,कपिलवस्तु,नवलपरासी–पश्चिम र नवलपरासी( पूर्व जिल्लाहरुमा बसोबास गर्नेहरुका लागि मुख्य केन्द्र योगीकुटी ब्यारेक, बुटवल हुने भएको छ ।
त्यस्तै दाङ,प्युठान,,रुकुम पश्चिम,रुकुम पूर्व,सल्यान,अर्घाखाँची,गुल्मी र पाल्पा जिल्लाहरुमा बसोबास गर्नेहरुका लागि सम्बन्धित जिल्लाको नेपाली सेनाका युनिटहरुमा रहेका उपकेन्द्रहरुमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने बताइएको छ ।
पश्चिम पृतना हेडक्वाटर तथा अन्तर्गतमा २०८२ चैत २५ गते , मध्य पूर्वी पृतना हेडक्वाटर,बर्दिबास सैनिक शिविर,महोत्तरी तथा अन्तर्गतमा २०८३ वैशाख ३ गते र खड्गदल गण,रामेछाप ब्यारेक,रामेछाप अन्तर्गतमा २०८३ वैशाख ४ गते सम्मेलन हुने भएको जनाइएको छ ।
