यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया समातिए

१६ चैत, काठमाडौं । यातायात कार्यालय एकान्तकुनाबाट १५ बिचौलिया पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले १५ बिचौलिया पक्राउ गरेको बताएको हो । उनीहरुले सेवाग्राहीलाई हैरानी, दुख दिने गरेको प्रहरीको भनाइ छ ।

फास्ट ट्रयाकमा काम गरिदिने भन्दै रकम असुल्ने गरेको गुनासोपछि प्रहरीले अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धानअघि बढाइएको परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताएका छन् ।