
काठमाडौं । सोमबार दिउँसोसम्म मात्र केएमसी बागबजार र बालकुमारीमा गरी १३ हजार विद्यार्थीको आवेदन आएको स्कुलका निर्देशक सुरेन्द्र सुवेदीले बताए ।“अझै आवेदन आउने क्रम जारी छ,” निर्देशक सुरेन्द्र सुवेदीले भने।
अत्याधिक विद्यार्थी आएपछि स्कुलले प्रवेश परीक्षा मार्फत विद्यार्थी छनोट गर्नेछ ।आज ‘मंगलबार प्रवेश परीक्षाको लागि १० वटा सेन्टर बनाएर परिक्षा लिइरहेको छ।धेरै विद्यार्थी भएकाले एकै ठाउँमा इन्ट्रान्स परीक्षा राख्न नसकिएको हो ,’ निर्देशक सुवेदीले भने।
उनका अनुसार कक्षा ११ मा बालकुमारीमा ७५० र बागबजारमा २००० को क्षमता छ । त्यसैले इन्ट्रान्स परीक्षामार्फत विद्यार्थी छनोट गर्न लागिएको हो।
निर्देशक सुवेदीका अनुसार २५ वर्षदेखि गुणस्तरीय शिक्षा दिदै आएको यस स्कुलबाट गत वर्षमात्र १६ जनाले बोर्ड टप गरेको छन् । केएमसी पढेका ५८ जनाले मेडिकलमा छात्रवृत्तिमा नाम निकालेको छन् ।त्यसैगरी ७४ जनाले पुल्चोकमा नाम निकालेका छन् ।भने, १० जनाले देश बाहिर ठूलो छात्रवृत्ति पाएका छन् ।
सीए अध्ययन गर्न भारत जानेको संख्या पनि उत्तिकै रहेको पनि उनले बताए।नतिजाको आधारमा शीर्ष ५ भित्र पर्ने गरेको छ । कक्षा ११ र १२ को साथै उच्च शिक्षाको बीबीए, बीबीएम, बीसीए, बीए साइकोलोजी,सोसलवर्क, बीबीएस लगायका कार्यक्रम पनि सञ्चालनमा छन्।
केएमसीले गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्रमाणपत्र पाएको छ।‘उत्कृष्ट विद्यालयको अवार्डसमेत पाएको छ,’ उनले भने, ‘शिक्षामा केएमसी उकालो लागेको छ ।यो गुणस्तरीय शिक्षाको परिणाम हो।’
शिक्षा मन्त्रालयबाट २०७५ मा २ उत्कृष्ट सिकाइ उपलब्धि सम्मान पनि पाएको यस स्कुलले महालक्ष्मी नगरपालिकाबाट उत्कृष्ट सिकाइ उपलब्धि सम्मान २०८२ पनि पाएको छ।
स्कुलमा बागबजार र बालकुमारी दुबैमा छात्रावासको व्यवस्था छ । काठमाडौं उपत्यका बाहिरबाट केएमसीमा अध्ययन गर्न चाहनेलाई छात्रवासकोसमेत व्यवस्था गरिएको पनि उनले बताए । ‘छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रवास छ,’ उनले भने ।
केएमसीले विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने गरेको छ । काठमाडौं महानगगरबाट छनोट भएर आउने विद्यार्थीले बागबाजारमा १५ प्रतिशत छात्रवृत्ति पाउँछन् ।ललितपुरको हकमा महालक्ष्मी नगरपालिकासँग समन्वय गरेर स्कुलले नै छात्रवृत्ति दिने गरेको छ ।केएमसीले १५ प्रतिशत बाहेक अन्य छात्रवृति पनि दिने गरेको छ । ‘सबै गरेर २० प्रतिशत छात्रवृति हुन्छ,’ निर्देशक सुवेदीले भने ।
स्थापनाको २५ वर्ष पुगेको अवसरमा यो वर्ष केएमसीले बागबजार र बालकुमारीमा २५–२५ जना गरी ५० जनालाई छात्रवृत्ति दिने भएको छ । ‘उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिमा पढाउछौं,’ निर्देशक सुवेदीले भने, ‘छात्रवृत्तिमा बालकुमारीमा अध्ययन गर्नेलाई छात्रवासको समेत व्यवस्था छ।’
केएमसी बागबजार र ललितपुरको बालकुमारीमा छ । विद्यार्थीले आफूलाई पायक पर्ने स्थान रोज्न पाउने अवसर छ । काठमाडौ उपत्यका भित्र आफूलाई पायक जहाँ पर्छ त्यही रोज्न पाइन्छ । “बागबजार र बालकुमारीको केएमसी एउटै हो । दुवै अब्बल छ । आफूलाई पायक पर्ने रोज्न सकिन्छ,” सुवेदीले भने।
विद्यार्थीलाई सहज बनाउने उद्देश्यले काठमाडौं उपत्यकाभित्र यातायातको व्यवस्था गरेको छ । निर्देशक सुवेदीका अनुसार काठमाडौं, ललितपुर र भक्तपरमा केएमसीको गाडी पुग्छ ।
‘ केएमसी ९० प्रतिशत पूर्णकालीन शिक्षक राखिएको छ । विषय विज्ञ र पीएचडी गरेका शिक्षक हुनुहुन्छ,’ उनले भने । केएमसीमा बिहान र दिउसो दुई सत्रमा पढाइ हुन्छ।
केएमसीले सैद्धान्तिक मात्र होइन प्रयोगात्मक अभ्यासलाई जोड दिएको छ ।व्यवस्थापन,विज्ञान र कानुनका विषयमा स्कुलमा नै विद्यार्थीले प्राक्टिकल गर्ने व्यवस्था छ ।कानुनका विद्यार्थीले अदालतको जस्तै प्राक्टिकल गर्न पाउँछन् । ‘नमुना अदालत ‘मुटकोर्ट’ छ ।विद्यार्थीले सबै प्राक्टिस गर्न पाउँछन्,’ उनले भने । कानुनको पढाइ सकिदा विद्यार्थी अदालतमा उपस्थित भएर बहस गर्ने जस्तै बनिसक्छन् ।
स्कुलमा एन्क्युभेसन सेन्टर र इनोभेसन ल्याब पनि छ । समय सापेक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित केएमसीले ल्याब बनाएको हो ।
अतिरिक्त गतिविधिमा पनि केएमसीले जोड दिएको छ ।सैद्धान्तिक ज्ञान मात्र होइन विद्यार्थीको स्किलको आधारमा अतिरिक्त गतिविधिमा जोड दिएको छ । बास्केटबल, ब्याडमिन्टन, पौडी, क्रिकेट, फुटसल टेबलटेनिस लगायतका देलकुद प्रतियोगिता गर्ने गरेको छ । यसवर्षदेखि स्कुलले थिएटरसमेत बनाएको छ ।
मनोसामाजिक परामर्श सेवा, विशेष हेरचाह र अनुशासन केन्द्रित परामर्श कक्ष, व्यक्तित्व विकास र संस्कारयुक्त शिक्षा कार्यक्रम, अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधि कला, संगीत तथा सामाजिक सेवा कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ । वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसम्बन्धी गतिविधि विद्यार्थीलाई सिकाउने गरेको छ ।
केएमसीले समयम अनुकुलको शुल्क निर्धारण गरेको छ । बालकुमारीमा विज्ञान विषयको कक्षा ११ मा वार्षिक २ लाख ७ हजार ९०० कक्षा १२ मा १ लाख ९७ हजार ९०० रहेको छ ।
म्यानेजमेन्टको कक्षा ११ मा १ लाख ५८ हजार ९०० र १२ कक्षाको १ लाख ४८ हजार ९०० छ । कानुनको कक्षा ११ मा १ लाख ५८ हजार ९०० र कक्षा १२ मा १ लाख ४८ हजार ९०० छ । बागबजारमा भने यो भन्दा थोरै बढी भएको पनि निर्देशक सुवेदीले स्पष्ट पारे ।
केएमसीले समाज र देश बुझ्ने जनशक्ति उत्पादन गर्ने उद्धेश्य राखेर पठनपाठन सञ्चालन गरिएको उनको दाबी छ ।
