सुनचाँदीको मूल्य बढ्यो

५ जेठ,काठमाडौं । सुनचाँदीको भाउ  बढेको छ ।अघिल्लो दिनको तुलनामा आज मंगलबार सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ४५ रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले  सुनको भाउ तोलामा २ लाख ९५ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ८ सय रुपैयाँ थियो । 

चाँदीको भाउ प्रतितोला ५ हजार ८५ रुपैयाँ कायम भएको छ।अघिल्लो दिन ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।