पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरालाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र

२३ असार,काठमाडौं । सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई एक साताभित्र बयानका लागि उपस्थित हुन पत्र पठाएको छ ।

विभागले सोमवार बुढानीलकण्ठस्थित देउवाको घर पुगेर बयानका लागि आउनू भनी घरमा पत्र टाँसेको छ ।पत्रमा जयवीरमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेकोले बोलाएको स्पष्ट उल्लेख गरिएको छ ।

देउवाका छोरा जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुृद्धिकरण विभागलगायतका निकायमा उजुरी परेको छ ।तसर्थ अनुसन्धानका लागि उनका नाममा बयान लिन पुर्जी काटिएको स्रोतको भनाइ छ ।

विभागले यसअघि नै शेरबहादुर देउवा र आरजु राणा देउवामाथि अनुसन्धान प्रकृया थालिसकेको छ ।