
३१ असार, काठमाडौं । फ्रान्सलाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राती अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै स्पेन फाइनलमा प्रवेश गरेको हो ।
स्पेनको जितमा पेड्रो पोरो र मिकेल ओयार्जाबलले एकएक गोल गरे । २२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले पहिलो अग्रता लिएको थिय
पेनाल्टी बचाउन माहिर मानिएका गोलकिपर माइक मेग्ननलाई छक्काउँदै ओयार्जाबालले उक्त पेनाल्टीलाई गोलमा परिणत गरे।
१६ वर्षपछिको स्पेनको यो अग्रता खेलको ५८ औं मिनेटमा दोब्बर भयो । पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट वान टु वान पास खेले र ओल्मोबाट फिर्ता आएको बललाई नियन्त्रणमा लिँदै पोस्टको तल्लो कुनामा उत्कृष्ट गोल गरे।
गलत्त फ्रान्सले डेसिरे डोए र रायन चेर्कीलाई मैदान छिराउँदै खेलमा फर्कने प्रयास गर्यो । तर, स्पेनका गोलकिपर उनाई सिमोनले चनाखो हुँदै स्वीपर किपरको भूमिका निभाए भने डिफेन्डर मार्क कुकुरेलाले एम्बाप्पेविरुद्ध उत्कृष्ट ट्याकल गर्दै फ्रान्सलाई रोके। अन्तत् स्पेन २–० ले विजयी भयो ।
फ्रान्सले खेलभरि मात्र दुई सर्ट अन टार्गेटमा राख्न सक्यो ।सन् २०१० को विश्वविजेता स्पेन त्यसपछि पहिलोपटक फाइनलमा पुगेको हो । स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रोपटक फाइनलमा पुग्नबाट बञ्चित बनेको छ ।
अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ ।
