स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’ अभियान

२६ साउन ,स्याङ्जा । स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’ अभियानअन्तर्गत पोखरी निर्माण गरिएको छ ।

खोलाखोल्सीमा पछिल्ला वर्षहरुमा पानीका मुहानहरु सुक्दै गएकाले वनको बीच तथा माथिल्लो भागहरुमा रिचार्ज पोखरी निर्माण गर्दा तल्लो तटीय क्षेत्रहरुमा पानीका मूलहरु फुट्ने, पानीको स्रोत बढ्ने भएकाले रिचार्ज पोखरी निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८(०७९ बाट सुरु गरेको अभियानलाई कार्यान्वयन गर्दै यस वर्ष स्याङ्जाका सात सामुदायिक वनमा सात रिचार्ज पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय स्याङ्जाका वन अधिकृत अम्मरबहादुर पराजुलीले जानकारी दिए ।

“स्याङ्जाका विभिन्न २७ वटा सामुदायिक वनभित्र गत वर्षहरुमा २७ वटा रिचार्ज पोखरीहरु निर्माण भइसकेका छन्”, उनले भने “चालु आर्थिक वर्षमा सात वटा सामुदायिक वनभित्र सात वटा रिचार्ज पोखरी निर्माण गरेसँगै स्याङ्जामा ३४ वटा रिचार्ज पोखरी निर्माण भएका हुन् ।”

पछिल्ला पाँच आवमा जिल्लास्थित सामुदायिक वनहरुमा पोखरी निर्माणलाई अभियानकैरुपमा अगाडि बढाइएको उनले जानकारी दिए । उपलब्ध गराएको थियो ।